CG Electronics
IME Life
NIMB

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

नुवाकोट, बिदुर नगरपालिका–५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

मुस्ताङ, घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

पाँचथर, फिदिम नगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय ३० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डे समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्द समेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले. उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका–४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती तास सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापा समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...