Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एनपीएलको फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ : सोमपाल कामी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी ‘कमेडी दरबार’ को सेटमा पुगेर एनपीएल फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराएका छन् । शनिबार ‘कमेडी दरबार’ मा पुगेर राष्ट्रका चर्चित क्रिकेटरहरु सोमपाल कामी, रित गौतम र मौसम ढकालले ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराएका हुन् ।

‘कमेडी दरबार’ मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मार्की खेलाडी सोमपाल कामीले ‘कर्णाली याक्स’ को टिम जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । उनले ‘कर्णाली याक्स’ को टिममा जोडिन पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘ ‘कर्णाली याक्स’ टिम मैदानमा जित्ने लक्ष्यका साथ उत्रिने छ । जति पनि खेल खेल्छौं जित्नकै लागि भनेर खेलिरहेका हुन्छौं । सबै टिमहरु एकदमै राम्रो छन् तर महत्वपूर्ण कुरा यो हो की त्यो दिन राम्रो खेल्न सकियोस् भन्ने हो । टि–२० क्रिकेट फास्ट खेल्ने क्रिकेट हो कसले जित्छ त्यो भन्न सकिँदैन तर हाम्रो ‘कर्णाली याक्स’ टिम एकदमै राम्रो छ ।’ साथै उनले भविष्यमा नेपाली क्रिकेट टिमले राम्रो नतिजा लिएर आउने बताए । कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्र गतिका बलर सोमपाल कामी छन् ।

 

प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...