CG Electronics
IME Life
NIMB

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गर्यो ।जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ ।

मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को लागि जर्सी प्रदर्शन गरेका हुन् । कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो ।

पूर्व मन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ‘कर्णाली याक्सलाई प्रतियोगिता सफलताको लागि शुभकामना छ । कर्णालीबासीको तर्फबाट टोलीलाई जितको शुभकामना,’ खड्काले भने, ‘अहिले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ । कर्णालीको हिमालीभाग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ ।’

पूर्व मन्त्री खड्काले क्यानमा पारस खड्का आएसँगै क्यानले सरकार र व्यवसायिकलाई मिलाएर क्रिकेटलाई राम्रो गराउन लाग्नु सकारात्मक सन्देश रहेको जनाए ।प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ ।


त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।

सचिव पारस खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टियु मैदान आउने आशा गर्दै काठमाडौं नै कर्णालीमय भएको बताए ।‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेरेको हेर्ने सपना छ । एनपिएन खेल मात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णाली याक्सको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नु होला । आधा काठमाडौं अहिले नै कर्णालीमय भईसकेको छ ।’

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीले एनपिएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिन एकदम उत्साहित छु । यही दिनको लागि क्रिकेट सुरु गरेका थियौंं, ’ सोमपालले भने, ‘कर्णाली याक्समा ज्ञानेन्द्र दाईसँगै सहकर्मी देव खनाल र गुल्शन झा पाएका छौं । टिमले सोचेको जस्तो राम्रो प्रदर्शन गर्छौ ।’ प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...