Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मन्त्रालयको नेतृत्व लिएदेखि नै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिएँ : मन्त्री पाण्डे

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान सम्पन्न हुन लागेको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल संञ्चालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाईपहिलो प्राथमिकतमा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान संभव भएको हो । ’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भईरहेका छन् । ’ विज्ञप्तिमा मन्त्री पाण्डेले ठूलो पूँजी लागानी गरेका विमानस्थल पूर्णरुपमा संञ्चाल हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुने बताए ।

मन्त्री पाण्डेले भने, ‘राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यबसायी लगायत आम सर्वसधारणमा निराशाको वातावरण बनेको थियो । ’

मन्त्री पाण्डेले सामान्य वा ठूलो लागनीका व्यबसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्टबाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् र केही समय त्यसका लागि कुर्नुपर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा संभव नभएको उल्लेख गरे ।

 

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...