Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो, अध्यक्ष ढकाल

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गर्नुभयो ।

“नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोँच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,” उहाँले भन्नुभयो ।

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताउनुभयो ।

“हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ” उहाँले भन्नुभयो ।

ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंङ्ग उठाउँदै उहाँले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताउनुभयो ।

“म यो दशैँ लगत्तै कोरोलासम्म पुगेर आए । कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडिमै पुगेँ । बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ । बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ । हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ । यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्,” उहाँले भन्नुभयो ।

आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उहाँले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गर्नुभयो ।

“हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरु परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्‍यौँ, कुन कुन आयोजना सुरु गर्‍यौँ वा कुन कुन आयोजना सम्पन्न गर्‍यौँ । त्यसले नै हाम्रो सफलता वा असफलताको संकेत गर्नेछ । त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । यहाँहरुसँग व्यवसायिक सोँच छ, त्यसमा इक्विटीको अभाव छ । तपाईहरुको उक्त सोँचमा त्यस कम्पनीले लगानी गर्नेछ भने यहाँहरुसँग बचत छ र कुनै सम्भावित आयोजनामा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईहरुले पनि यस कम्पनीमार्फत त्यसमा लगानी पनि गर्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...