CG Electronics
IME Life
NIMB

डिसी फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डिसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

 

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट-चार्जर स्थापना गर्ने योजना राखेको छ।

हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन्। उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ। हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन्।

 

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्तत: इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ। यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ। शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो।

साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। डिसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।

यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन्। यो सम्झौता नेपालको इभि चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धि हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...