Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

डिसी फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डिसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

 

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट-चार्जर स्थापना गर्ने योजना राखेको छ।

हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन्। उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ। हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन्।

 

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्तत: इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ। यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ। शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो।

साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। डिसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।

यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन्। यो सम्झौता नेपालको इभि चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धि हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ।

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...