CG Electronics
IME Life
NIMB

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

NIMB
Himalayan Bank

 

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टमा उत्साहजनक सहभागीता रहेको थियो ।

फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो । डिजिटल इन्नोभेसन, स्टिम क्याम्प र रोबो सकरमा अवलोकनकर्ताको घुँइचो थियो । २ दिनसम्म सञ्चालन भएको कार्यक्रम १५ हजार बढीले अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

रोबो सकर प्रतियोगितामा टेकस्पायर कलेजको टिम द रुलिङ ब्याइज विजेता र युनिग्लोबल कलेजको टिम टर्बो एक्स उपविजेता भएका छन् । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । इन्जिनियरिङ भ्लग्सले व्यवस्थापन गरेको रोबो सकर प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहित विभिन्न सरकारी निकायका उच्च अधिकारी, सल्लाहकार, एकेडेमीसीयन, विदेशी नियोगका प्रतिनिधि, लगानीकर्ता, विभिन्न कम्पनीका संस्थापक तथा कार्यकारी प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरूले फेस्टको अवलोकन गर्दै युवाहरूको आईडिया र इन्नोभेसनमाथि उत्साह भर्ने काम गरेका थिए ।

फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका थिए । फेस्टमा सहभागी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रूपमा आयोजना भएको फेस्टले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन, लगानी र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट छनौट गरिएको ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ ।

अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ । अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ । फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको थियो ।

लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सह-आयोजनामा भएको स्टार्टअप एण्ड आईडिया फेस्टलाई आईटी कलेज टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको भने डिजिटल डिभाइड कम गर्न योगदान गरिरहेको एनसेल फाउन्डेसनको सहकार्य रहेको छ ।

त्यसैगरी स्मार्टन टेक्नोलोजीज, इन्जिनियरिङ भ्गल्स, राष्ट्रिय वाणिज्य बैंक, एमआईटी कलेज, हाम्रो पे, मेन्टरल्याब, एम्बिसन गुरू, ब्रोडवे इन्फोसिस, टेक्नोरियो, कान्तिपुर टिभी, किङ्ग्स कलेज, रोबोटिक्स एकेडेमी नेपाल, स्काई ब्रोडब्याण्ड, पाइला टेक्नोलोजी, रूटिन अफ नेपाल बन्द, नेपाल आन्टरप्रेनर्स हब, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका संघ संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...