Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्काएफले एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । ‘सोसाइटी अफ कन्सल्टिङ् आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स नेपाल’ स्काएफले फिडिक एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्काएफले सम्मेलन २०८१ मंसिर ३ देखी ५ गतेसम्म काठमाण्डौको होटल हायात रिजेन्सि काठमाडौंमा आयोजना गर्न लागेको जानकारी गराएको हो । वस्तुकला तथा इन्जिनियरिङका विविध प्रविधिका बारेमा परामर्श सेवा प्रदान गर्न सम्मेलन हुन लागेको हो ।

यस पटक ‘गभर्नेस फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । १५ वर्षको अन्तरालमा यसपटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । यसअघि सन् २००९ मा नेपालल एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गर्ने मौका प्राप्त गरेको थियो ।

पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नीतिगत विषय उपर सातवटा विशिष्टिकृत शिर्षक बनाइ सञ्चालन हुने त्रिदिवसीय सम्मेलनमा करिब चार सयको सहभागिता रहने छ ।
एक सय भन्दा यही अन्तर्राष्ट्रिय र तीन सय राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरुले एशिया प्रशान्त क्षेत्र तथा अन्य गरी २३ देशलाई यस सम्मेलनमा प्रतिनिधित्व गराइनेछ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा उप प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिहले उदघाटन गर्ने कार्यक्रम छ । साथै उक्त कार्यक्रममा परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसको समेत विशेष उपस्थिति रहनेछ ।

हरेक बर्ष वार्षिक रुपमा फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो बर्ष सन् २०२५ को सम्मेलन ईन्डोनेशीयाको बालीमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...