Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ ।

सामाजिक संजालहरुमा एमाले नेता डा.राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन। त्यस्तो चासोहरुमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ । तर कम्बोडियामा कार्यक्रम भने अर्कै छ ।

चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका छन। आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन्। उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन् ।

‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ ?’

एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन् । कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफुसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन। उनले अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन। कोइरालाले सामाजिक संजाल फेसबुकमार्फतसमेत कम्बोडिया यात्राबारे बताएकी छिन् ।

एसियाका राजनीतिक दलहरुको १२औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन। उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने बताएकी छन।
‘म मेरो मातृभुमीलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु’ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छिन।

कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन। यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया पुगेका छन। अन्य नेताहरू विहीबार(आज)साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ ।

एमाले नेता भट्टराईका अनुसार माओवादी केन्द्रबाट पूर्वसभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कम्बोडिया कार्यक्रमको विवरणमा छ । यस्तै सो दलबाट गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सुचीमा छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट डा.शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ । यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सुचिमा छ । यस्तै जसपाबाट भरत गुरुङको नाम समावेस छ । उनीहरु केही आज कम्बोडिया पुग्दै छन ।

कम्बोडियामा हुने कार्यक्रमको विहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ । उद्घाटनपछि डीनर आयोजना गरिएको छ भने भोलि(शुक्रबार) विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ ।

कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ ।

यस्तै संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। यस्तै फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समुहगत छलफल हुनेछ ।

कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी भएका छन। प्राप्त सुचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन।

एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन। कांग्रेस नेतृ कोइरालाले कार्यक्रमसकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन।

आफुलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपुर्ण हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक संजालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन । – नेपाल न्यूज बैंकका लागि महेश्वर गौतमको सहयोगमा

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...