CG Electronics
IME Life
NIMB

वार्षिक कार्ययोजना समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिए। मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ।

‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ,’ मन्त्री गुप्ताले भने, ‘यी सबै कार्यमा यहाँहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजना बमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेस गरिएको १०० र २०० दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजन बमोजिम संघीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने र स्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मूल कार्यभार भएको मन्त्री गुप्ताको भनाइ छ। उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।

संसदमा विचाराधीन संघीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टीमले समन्वय र सहजीकरण गर्नुपर्ने उनले बताए। संघीयतालाई थप सबलीकरण गर्नेगरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै संघीय संसदमा पेस गर्नुपर्ने उनको भनाइ छ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...