Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

राजस्व सङ्कलन वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६।७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७।७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो ।

आर्थिक वर्ष २०७८।७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगति हासिल भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९।८० मा १४ खर्ब ३ अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र आर्थिक वर्ष २०८०।८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो । आर्थिक वर्ष २०८१।८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।

यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।

अर्थमन्त्री पौडेलले कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न समेत निर्देशन दिए । अर्थ सचिव डा.रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्नेगरी अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए ।

त्यसैगरी राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरेर अघि बढ्ने बताए । अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए तापनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका थिए ।

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०५

बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी...

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका...

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...