Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मन्त्री गुप्ताको पहलले पोखरीया अस्पताल प्रादेशिक अस्पताल घोषणा 

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहलले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल प्रादेशिक अस्पतालमा घोषणा भएको छ ।

मन्त्री गुप्ताले आज बसेको मन्त्री परिषदको बैठकले पोखरीया नगरपालिकामा रहेको अस्पताललाई प्रादेशिक अस्पतालमा घोषणा गराएका हुन । पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउँबासीको पक्षमा ऐतिहासिक निर्णय गराउन आफू सफल भएकोमा अत्यंत खुसी साथै वर्षौँदेखिको प्रयास र जनताको मांग बमोजिम प्रादेशिक अस्पताल हुँदा मलाई अत्यन्त खुसी लागेको मन्त्री गुप्ताले बताउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताल १५ शय्यायुक्त रहेको अस्पताल अस्पताललाई ५० शय्यामा स्तरउन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको छ । स्तरउन्नतीको निर्णयले पोखरिया अस्पतालले पोखरिया नगरपालिकाका लागि मात्र नभएर , मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने मेरो विश्वास रहेको मन्त्री गुप्ताले बताएका हुन् ।

यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नु भएका पोखरिया नगरपालिका नगरवासी , स्थानीय अगुवा , सामाजिक अभियन्ता तथा राजनीतिक दलका साथीहरूप्रति विशेष आभार प्रकट गर्दै मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएका सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय मन्त्री ज्यूहरूलाई धन्यवाद ज्ञापनसमेत मन्त्री गुप्ताले गर्नु भयो।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...