NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच भेटघाट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा संचालन गर्न विभिन्न उपायहरूको खोजि गर्ने सम्बन्ध मा अर्थ मन्त्रीज्यू को कार्यकक्षमा आज भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपालले आर्थिक संघ र अर्थ मन्त्रालय बीच धेरै वर्ष देखि अर्थतन्त्र सँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतंत्र लाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रेरहेको कुरा संघ का अध्यक्ष प्रा डा विश्वम्भर प्याकु-याल ले भेटघाटको क्रममा बताउनु भयो।

नेपाल आर्थिक संघले बेला बेलामा विभिन्न विषयमा सरकारलाई स्वन्त्र रूपले सुझाव सल्लाह दिदै आएको र आजको आबश्यकता लाई मध्यनजर गरेर, संघीयतहका साथै प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दा हरुमा बुद्धिजिबी, नीजी छेत्र र सरकार को धारणा र राज्य ले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने कुरा संघका अध्यक्ष प्रा डा प्याकु-याल ले बताउनु भयो। साथै उहाँले नेपालको एकमात्र राष्ट्रिय तहको अर्थशास्त्री हरूको छाता संगठन भएकोले नेपाल आर्थिक संघले गरेका अध्ययन/अनुसन्धान उत्पादकत्व सँग लिँक हुने हुनाले र दिगो रुपमा कार्यान्यन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा विभिन्न सरोकारवालाहरुसँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधार साथै अन्य कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने कुरा बताउनु भयो।

माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्र सँग सम्बन्धित विषयमा पहिलेपानी सहकारी गरेको र उक्त संघ एकदम महत्योपूर्ण संस्था भएको ले सहकार्य गर्न कुनै असजिलो नहुने कुरा व्यक्त गर्नु भएको छ ।

आजको अवस्थामा अर्थतंत्र बारे सरोकारवालाहरुलाई वास्तविक अवस्थाको बारेमा जानकारी गराउनु राम्रो हो, उहाले भन्नु भयो। यस क्रममा अर्थ मन्त्रालयलाई नेपाल आर्थिक संघको विगत जस्तै आगामी दिनमा पनि महत्तोपूर्ण योगदान रहने कुरा बताउनु भयो ।

उक्त बैठकमा उपस्थित भएर आफ्नु विचार राख्नु हरुमा नेपाल आर्थिक संघ का उपाध्यक्ष प्रा डा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्रा डा केशव राज खड्का, कार्यसमिति सदस्य डा यादव मनी घिमिरे लगायत अन्य अर्थशास्त्री हरू काे संलग्नता र उपस्थिति थियो।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...