CG Electronics
IME Life
NIMB

सानिमा बैंकले अब काठमाडौँको थलीबाट पनि सेवा दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौँको थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले आइतबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे ।

समुद्घाटन समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए ।

यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता ज्ञापन गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...