Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मनकामना केबुलकार सेवा शुभारम्भको २७ औं वर्षमा प्रवेश

काठमाडौँ । मनकामना केबुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ ।

 

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले उक्त केबुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भैसकेको कम्पनीले जनाएको छ । २६ वर्ष पुगिसकेको यो Analogue प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम Digital प्रणालीमा स्तरोन्नति गरिएको जानकारी दिएको छ ।

 

साथै मनकामनामा केबुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने लक्ष्य रहने कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको जनाएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

 

 

 

स्व. लक्ष्मण बाबु श्रेष्ठको योगदानको स्मरण

मनकामना केबुलकारका स्रष्टा, स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको साहसिक नेतृत्वले नेपालको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएको छ। उहाँको योगदानप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, उहाँको दूरदृष्टि र मार्गदर्शनलाई निरन्तर अनुसरण गर्ने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

 

प्राविधिक स्तरोन्नति र नयाँ परियोजनाहरू

२६ वर्ष पुरानो प्राविधिक संरचनालाई नवीनतम प्रविधिमा स्तरोन्नति गरिनुका साथै, यात्रुहरूको सुविधाका लागि केबुलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ।

यो रिसोर्टमा :

  • स्वीमिङ्ग पुल
  • हेल्थ क्लब
  • सभा/सेमिनार हल
  • रेस्टुरेन्टजस्ता सुविधाहरू उपलब्ध हुनेछन्।
  • यसले मनकामना क्षेत्रलाई धार्मिक र पर्यटकीय रूपमा थप महत्वपूर्ण गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
  • यात्रुसेवा र लक्ष्य
    सुरूवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिइएकोमा, हाल वार्षिक यात्रु संख्या १२ लाख पुगेको छ। आगामी वर्षमा १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ।

सामाजिक उत्तरदायित्व (CSR)

मनकामना केबुलकारले सामाजिक उत्तरदायित्व नीति (CSR) अन्तर्गत :

केबुलकार आम्दानीको २% विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, र विपन्न वर्गको उत्थानका लागि खर्च गर्दै आएको छ।
गोरखा भूकम्पको विपद्का बेला उल्लेखनीय सहयोग प्रदान गरेको छ।
स्थानीय विकासमा पनि निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...