CG Electronics
IME Life
NIMB

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो। सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने बताएँ।

ब्रान्ड लजिकका सिईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’ का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताएका छन्। उनले शारडा समूहसँगको सहकार्यको लागि धन्यवाद दिँदै, यस पुरस्कारले नेपाली क्रिकेटरहरूको मिहिनेत र समर्पणको कदर गर्दै प्रतियोगिताको स्तर र नेपाली क्रिकेटप्रतिको लगावलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

साथै एसपिजि अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ले एनपिएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ।

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...