CG Electronics
IME Life
NIMB

क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक चाँडै संसदमा पुर्याउने तयारीमा छौं : सभापति खतिवडा

NIMB
Himalayan Bank

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नव– निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उनले क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताएका हुन् ।

उनले भने, ‘नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी कानून निर्माण भइ नसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ । यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु ।’

यसको साथै, उनले देशका प्रत्येक उद्योगहरुलाई अनुभुत हुने खालको कानून निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाती, पार्टी, समुदाय, नहेरि समग्र देशका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने पनि बताए ।

उनले भने, ‘सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होईन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरि यो कानून हाम्रो पक्षमा छ र हामीले कानून अनुसार काम गर्नुपर्छ भन्ने अनुभुत दिने गरि यो कानून निर्माण गर्ने पक्षमा हामी जाने छौ ।

यसमा कुनै जाती, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानून के छ त्यसलाई हेरेर कानून निर्माण गर्छौ ।’

विधेयक जस्ताको त्यस्तै पास गर्दा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै यसलाई सुधार गरेर लाने पनि उनको भनाई छ ।

उनले भने, ‘यो विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यो भूभागमा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था हुदैँन् । तर हामी यसलाई सबैको हितका लागि कुनै मन्त्री र व्यक्तिको सनकको भरमा होईन कानूनको भरमा उद्योग चल्ने र बन्द हुने व्यवस्थाका लागि यो कानून निर्माण गर्छु ।’

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...