Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक चाँडै संसदमा पुर्याउने तयारीमा छौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नव– निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उनले क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताएका हुन् ।

उनले भने, ‘नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी कानून निर्माण भइ नसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ । यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु ।’

यसको साथै, उनले देशका प्रत्येक उद्योगहरुलाई अनुभुत हुने खालको कानून निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाती, पार्टी, समुदाय, नहेरि समग्र देशका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने पनि बताए ।

उनले भने, ‘सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होईन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरि यो कानून हाम्रो पक्षमा छ र हामीले कानून अनुसार काम गर्नुपर्छ भन्ने अनुभुत दिने गरि यो कानून निर्माण गर्ने पक्षमा हामी जाने छौ ।

यसमा कुनै जाती, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानून के छ त्यसलाई हेरेर कानून निर्माण गर्छौ ।’

विधेयक जस्ताको त्यस्तै पास गर्दा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै यसलाई सुधार गरेर लाने पनि उनको भनाई छ ।

उनले भने, ‘यो विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यो भूभागमा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था हुदैँन् । तर हामी यसलाई सबैको हितका लागि कुनै मन्त्री र व्यक्तिको सनकको भरमा होईन कानूनको भरमा उद्योग चल्ने र बन्द हुने व्यवस्थाका लागि यो कानून निर्माण गर्छु ।’

 

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...