Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

kumari  bank

 

काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती वालेट’ असुरक्षित देखिएको छ । उपभोक्ताका व्यक्तीगत विवरण र कागजातहरु आपराधिक गिरोहहरुलाई बिक्री गर्ने गरेको खुल्न आएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।

सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

के हो घटना ?

ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका तीन कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण दुरुपयोग गरी अनलाइन ठगीको गिरोहलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ। यस प्रकरणमा कम्पनीकै जाहेरीमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको छ।

धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

केवाईसी प्रमाणीकरणको जिम्मेवारीमा रहेका ती कर्मचारीहरूले सेवाग्राहीले खल्ती वालेटमा अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो तथा अन्य कागजात डाउनलोड गरी अनधिकृत व्यक्तिका नाममा फरक-फरक मोबाइल नम्बर प्रयोग गर्दै ५५ भन्दा बढी नक्कली खाता खोलेको खुलेको छ।

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको जनाएको छ ।

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:२२

  काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष...

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवारमा विशेष छुट

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड...

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५८

  काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई...