CG Electronics
IME Life
NIMB

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

NIMB
Himalayan Bank

 

काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती वालेट’ असुरक्षित देखिएको छ । उपभोक्ताका व्यक्तीगत विवरण र कागजातहरु आपराधिक गिरोहहरुलाई बिक्री गर्ने गरेको खुल्न आएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।

सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ । ती सीमबाट वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

के हो घटना ?

ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ । डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका तीन कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण दुरुपयोग गरी अनलाइन ठगीको गिरोहलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ। यस प्रकरणमा कम्पनीकै जाहेरीमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको छ।

धादिङ ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ का २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ का २२ वर्षीय सुरेन्द्र बस्नेत पक्राउ परेकाहरू हुन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जना काठमाडौंको तिलगंगा, कलंकी र पशुपति क्षेत्रमा बसोबास गर्दै आएका थिए।

केवाईसी प्रमाणीकरणको जिम्मेवारीमा रहेका ती कर्मचारीहरूले सेवाग्राहीले खल्ती वालेटमा अपलोड गरेका नागरिकताको प्रतिलिपि, फोटो तथा अन्य कागजात डाउनलोड गरी अनधिकृत व्यक्तिका नाममा फरक-फरक मोबाइल नम्बर प्रयोग गर्दै ५५ भन्दा बढी नक्कली खाता खोलेको खुलेको छ।

उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको जनाएको छ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...