Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

काठमाडौँ । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ । कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन शुरु गरेको हो ।

हाल कजारिया ब्राण्डका ६००x६०० एमएम, ६०० x १२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००x४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरि बजारमा बिक्रि वितरण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा ३००x६०० एमएम र ३००x४५० एमएम सिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउदै छ ।

अहिले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ भने निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रुपमा विस्तारको रणनीति बनाएको छ । कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको छ । साथै कजारिया टाइल्सको भारतबाट आयात गरि बिक्री वितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको छ ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताउदै भनेका छन्- ‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं ।

नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौं नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्जवल छ ।’

उनले भनेका छन्- ‘कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालिन टिकाउपनका लागि डिजाइन गरिएको छ । हाम्रो उद्देश्य भनेको नेपाली ग्राहकलाई उत्कृष्ट, किफायती र टिकाउ टायल्स प्रदान गर्नु हो, जसले निर्माणको सबै पक्षमा गुणस्तर र सौन्दर्यलाई जोड दिनेछ । हामी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन प्रतिबद्ध छौं ।’

कजारिया टायल्सको मुख्य विशेषता भनेको यसको उत्कृष्ट गुणस्तर र डिजाइन हो । कजारिया टायल्सको निर्माण प्रक्रिया अत्याधुनिक प्रविधिबाट गरिएको छ, जसले उच्च गुणस्तरीय र टिकाउ टायल्स उत्पादन गर्नमा मद्दत पुर्‍याएको छ । यसले आधुनिक र पारम्परिक दुवै शैलीका निर्माणमा उपयुक्त समाधान प्रदान गर्दछ । कजारिया टायल्स नेपाली बजारमा विभिन्न डिजाइन, रंग र आकारमा उपलब्ध रहेकाले निर्माण क्षेत्रको गुणस्तरमा सुधार ल्याउने विश्वास कम्पनिको रहेको छ ।

कजारिया टायल्स नेपालमै उत्पादन हुन थालेपछि निर्माण व्यवसायमा नयाँ युगको शुरुआत गरेको छ, जसले गर्दा प्रिमियम गुणस्तरीय टायल्सहरू अझ सुलभ मुल्यमा सहज रुपमा उपलब्ध भइरहेका छन् । कजारिया टायल्सको सफलता नेपालको निर्माण उद्योगमा एक नयाँ बेन्चमार्क बनेको छ, जसले स्थानीय निर्माण व्यवसायीहरूको आवश्यकता र ग्राहकहरूको प्राथमिकतामा आधारित अन्तर्राष्ट्रिय उत्पादनहरू उपलब्ध गराइरहेको छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...