CG Electronics
IME Life
NIMB

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

NIMB
Himalayan Bank

काठमाडौँ । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ । कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन शुरु गरेको हो ।

हाल कजारिया ब्राण्डका ६००x६०० एमएम, ६०० x १२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००x४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरि बजारमा बिक्रि वितरण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा ३००x६०० एमएम र ३००x४५० एमएम सिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउदै छ ।

अहिले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ भने निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रुपमा विस्तारको रणनीति बनाएको छ । कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको छ । साथै कजारिया टाइल्सको भारतबाट आयात गरि बिक्री वितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको छ ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताउदै भनेका छन्- ‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं ।

नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौं नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्जवल छ ।’

उनले भनेका छन्- ‘कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालिन टिकाउपनका लागि डिजाइन गरिएको छ । हाम्रो उद्देश्य भनेको नेपाली ग्राहकलाई उत्कृष्ट, किफायती र टिकाउ टायल्स प्रदान गर्नु हो, जसले निर्माणको सबै पक्षमा गुणस्तर र सौन्दर्यलाई जोड दिनेछ । हामी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन प्रतिबद्ध छौं ।’

कजारिया टायल्सको मुख्य विशेषता भनेको यसको उत्कृष्ट गुणस्तर र डिजाइन हो । कजारिया टायल्सको निर्माण प्रक्रिया अत्याधुनिक प्रविधिबाट गरिएको छ, जसले उच्च गुणस्तरीय र टिकाउ टायल्स उत्पादन गर्नमा मद्दत पुर्‍याएको छ । यसले आधुनिक र पारम्परिक दुवै शैलीका निर्माणमा उपयुक्त समाधान प्रदान गर्दछ । कजारिया टायल्स नेपाली बजारमा विभिन्न डिजाइन, रंग र आकारमा उपलब्ध रहेकाले निर्माण क्षेत्रको गुणस्तरमा सुधार ल्याउने विश्वास कम्पनिको रहेको छ ।

कजारिया टायल्स नेपालमै उत्पादन हुन थालेपछि निर्माण व्यवसायमा नयाँ युगको शुरुआत गरेको छ, जसले गर्दा प्रिमियम गुणस्तरीय टायल्सहरू अझ सुलभ मुल्यमा सहज रुपमा उपलब्ध भइरहेका छन् । कजारिया टायल्सको सफलता नेपालको निर्माण उद्योगमा एक नयाँ बेन्चमार्क बनेको छ, जसले स्थानीय निर्माण व्यवसायीहरूको आवश्यकता र ग्राहकहरूको प्राथमिकतामा आधारित अन्तर्राष्ट्रिय उत्पादनहरू उपलब्ध गराइरहेको छ ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...