Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यको विशेष कूटनीतिक उडान हिमालय एअरलाइन्सले संचालन गरेको छ। नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्रीओली मंसिर १७ गते जनवादी गणतन्त्र चीनको राजधानी बेजिङ प्रस्थान गर्दै छन् ।

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिकरविकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधिहरु संलग्न छन् ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्‍योंग वायुयानमा स्वयं उपस्थित भई प्रधानमन्त्री, राधिका शाक्य र प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्वागत गरेका थिए । उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष ९प्रशासन० विजय श्रेष्ठले प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बिदाइ गर्न उपस्थित थिए ।

यस प्रतिनिधिमण्डल हिमालय एअरलाइन्सको Airbus 319 (Registration: 9N-AJK) वायुयानबाट ५ डिसेम्बर, २०२४ मा बेजिङबाट नेपाल फर्कने कार्यक्रम तय रहेको छ।

उक्त उडानपछि विजय श्रेष्ठले भने, “हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरु प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं। साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं।”

उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष – अपरेशन्स), क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन्। Airbus 319 (Registration: 9N-AJK) वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११: १६ बजे (नेपाली समय) उडेको थियो र बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा १८: ०० बजे (चीनको स्थानीय समय) अवतरण गरेको थियो।

हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आईओएसए (IOSA) प्रमाणित वायुसेवा हो। हिमालय एअरलाइन्स उडान सुरक्षा र ग्राहक सेवाप्रतिको प्रतिबद्ध रही यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउँछ, जसले एअरलाइन्सलाई यात्रा गर्नको लागि एक विश्वसनीय साझेदारको रूपमा स्थापित गरेको छ।

 

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...