CG Electronics
IME Life
NIMB

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यको विशेष कूटनीतिक उडान हिमालय एअरलाइन्सले संचालन गरेको छ। नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्रीओली मंसिर १७ गते जनवादी गणतन्त्र चीनको राजधानी बेजिङ प्रस्थान गर्दै छन् ।

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिकरविकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधिहरु संलग्न छन् ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्‍योंग वायुयानमा स्वयं उपस्थित भई प्रधानमन्त्री, राधिका शाक्य र प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्वागत गरेका थिए । उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष ९प्रशासन० विजय श्रेष्ठले प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बिदाइ गर्न उपस्थित थिए ।

यस प्रतिनिधिमण्डल हिमालय एअरलाइन्सको Airbus 319 (Registration: 9N-AJK) वायुयानबाट ५ डिसेम्बर, २०२४ मा बेजिङबाट नेपाल फर्कने कार्यक्रम तय रहेको छ।

उक्त उडानपछि विजय श्रेष्ठले भने, “हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरु प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं। साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं।”

उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष – अपरेशन्स), क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन्। Airbus 319 (Registration: 9N-AJK) वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११: १६ बजे (नेपाली समय) उडेको थियो र बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा १८: ०० बजे (चीनको स्थानीय समय) अवतरण गरेको थियो।

हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आईओएसए (IOSA) प्रमाणित वायुसेवा हो। हिमालय एअरलाइन्स उडान सुरक्षा र ग्राहक सेवाप्रतिको प्रतिबद्ध रही यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउँछ, जसले एअरलाइन्सलाई यात्रा गर्नको लागि एक विश्वसनीय साझेदारको रूपमा स्थापित गरेको छ।

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...