Ncell NPL
NIMB
NMB Bank

अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन प्रधानमन्त्रीको आग्रह

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

 

एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरु शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् ।

उनले पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरुपमा उच्च नैतिकता कायम गर्न विशेष ध्यान दिन विशेष जोड दिँदै भने, ‘हामी देशका लागि केही गर्छाैँ, परिवर्तन गछौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठुला प्रयास गर्नुपर्छ । यो काम एमालेले मात्रै गर्न सक्छ । अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।’

अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्विकार्ने नमुना पार्टीका रुपमा एमालेलाई विकसित गर्नुपर्ने बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिकरुपमा टिप्पणी नगर्न आग्रह गरे ।

‘बिआरआइबाट देशलाई लाभ हुन्छ’
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउँदै हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएकोे स्पष्ट गरे । ‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ । विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ ।

हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ । कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ । बिआरआइलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ । हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ ।’

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...