CG Electronics
IME Life
NIMB

जनकपुर बोल्टको रोमाञ्चित जीत, टेक्नोले बोल्टस् टीमलाई चीन भ्रमणमा लैजाने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार चौथो हार व्यहोरेको छ ।त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ८ अंकसहित बोल्टले अटल जोस, दृढ संकल्प र अटुट गति देखाएर सबै नेपालीको मन जितीरहेको छ ।आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनको झिनो अन्तरले हराएको हो।

जनकपुरले दिएको १३७ रन दिएको थियो । तर लुम्बिानीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।

लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन आवश्यक थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी हार व्यहोरेको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए भने टोम मुरेले ३१ रन रह्यो । यस्तै अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए ।

किशोर महतो, ललित राजवंशी र शेर मल्लले १÷१ विकेट लिए ।पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

जनकपुर बोल्टस्को गोल्ड पार्टनर, टेक्नोले जीतको उत्साहलाई अझै उच्च बनाउँदै टीमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको छ । टेक्नोले जनकपुर बोल्टससंगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...