Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए ।

उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कही केही छैन् । त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौ ।

मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दैछौ । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’
यस्तै, सरकारले रोजगारी नदिएपनि रोजगारीको प्रमुख स्रोत नीजि क्षेत्र नै भएको बताए ।

उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर नीजि क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौ ।’

वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित् र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको बताए । उनले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिनेको पनि उनको भनाई छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...