CG Electronics
IME Life
NIMB

चोभार सुख्खा बन्दरगाह लजिस्टिक हबका रुपमा विकसित हुँदैछ : कार्यकारी निर्देशक

NIMB
Himalayan Bank

 

–चोभार सुख्खा बन्दरगाह लजिस्टिक हबका रुपमा विकसित हुँदैछ  :
–काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा आउँदैन् :
–निजी क्षेत्रले जिम्मा लिएपछि सुख्खा बन्दरगाह चलायमान भएको छ :

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापी, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरुको भनाइ छ । बन्दरगाह संचालनकै विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग नेपाल न्यूज बैंककी सुश्मिता वानियाले गरेको कुराकानी ः

यतिबेला चोभार सुख्खा बन्दरगाहले के के सेवा दिइरहेको छ ?

चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्छ । चोभारमा कसैले पनि व्यापार सम्बन्धि गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौं । ट्रेडसँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुका लागि गोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनि त्यो सुविधा उपलब्ध गराउँछौं ।

बन्दरगाह संचालनको अवस्था के छ ?

अहिले नेपालभर आठवटा बन्दरगाह संचालनमा छन् । त्यसमध्यको चोभार सुख्खा बन्दरगाह पनि एक हो । बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँ कमाइरहेका छौं । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइरहेको चोभार सुख्खा बन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौं–तराई दु्रतमार्गसँग गरिएको थियो । तर काठमाडौं–तराई दु्रतमार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानी कम भएको हो । तथापी चोभार अहिले कमाउन सक्ने स्थितीमा पुगेको छ र राज्यलाई कमाएर दिन सक्नु नै सफलता हो ।

सुख्खा बन्दरगाहको अवस्थालाई सफलता भनिरहनु भएको छ । तर आयात निर्यातको अवस्था चाहिँ कस्तो छ ?
हिजोआज प्रतिदिन जाँचपासको लागि चोभार सुख्खा बन्दरगाहमा दुईवटा कन्टेनर आउँछन् । निर्यात चाहिँ बन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौं । बन्दरगाहलाई अलिक भिन्न तरिकारले संचालन व्यवस्थापन गरिरहेका छौ । अरु सातवटा भन्सार जाँचपासको मात्रै काम भइरहेको छ भने बन्दरगाहमा भन्सार जाँचपाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौं । यसमा दुई थरीको विजनेस छ । एउटा भनेको भन्सार जाँचपास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धिको क्रियाकलापको लागि आधा भाग छुट्याएका छौं । आजको दिनमा भन्सार जाँचपासको लागि एकदमै कम सवारी साधन तथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ । दुईटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरु दुईटा गोदामहरु थप निर्माण गरिसकेका छौं । त्यहाँ अत्याधिक माग छ । जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौं ।

लजिस्टिक हबको अवधारणा र उद्देश्य चाहीं कस्तो हो ?

लजिस्टिक हब विश्व बजारमा प्रख्यात छ । त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौं । यो सफल पनि भयो । अहिले चोभारको मुख्य व्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाकाबाट आएका विद्युतिय सवारी साधनहरुको व्यवस्थापन भइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरीभराउ भएको छ । त्यसैगरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइरहेका छौं । यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरुप हो । सहज रुपमा व्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमान बनाइरहेका छौं । राज्यलाई कमाउने ठाउँमा पुर््याइरहेका छौं ।

आम्दानीको अवस्था चाहीं कस्तो छ ?

पाँच वर्षका लागि निजी क्षेत्रलाई न्यूनतम तीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदा पनि निजी क्षेत्रले पाँच वर्षसम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ । र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फ्लो धेरै छ । पाँच वर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दरगाहबाट आम्दानी गर्न सक्छौं । त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन ।

निजी क्षेत्रलाई संचालनको संचालनको जिम्मेवारी दिइसकेपछिको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

अहिले आठवटै सुख्खा बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ । नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खा बन्दरगाहहरु संचालन व्यवस्थापन गर्ने गरिएको छ । कन्ट्रयाक्ट म्यानेजमेन्ट तथा नियमावलीसँग काम गर्ने भनेर प्रष्ट रुपमा भनिएको छ । यूरोपियन देशहरुसँगै, भारतलयागतका बाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खा बन्दरगाहहरु निजी क्षेत्रहरुमार्फत पीपीमार्फत संचालन, व्यवस्थापन भइरहेको छ । यो सफल पनि भइरहेको छ । निजी क्षेत्रको संलग्नताले सेवास्तर पनि वृद्धि भएको छ । नेपाल सरकारलाई प्राप्त हुने राजस्व पनि बढिरहेको छ ।

चोभार सुख्खा बन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायात विकास समितिमार्फत दुई वर्ष चलायौं । त्यतिबेला एकदमै कम बिजनेस थियो । मासिक १६ लाख रुपैयाँमा घाटामा थियौं । आज निजी क्षेत्र आइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह संचालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमा निजी क्षेत्रबाट संचालनमा रहनु नै हो । यदी सरकारमार्फत नै सुख्खा बन्दरगाह संचालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन ।

सरकारमार्फत संचालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नुभयो । यसका कारणहरु चाहि के हुन् ?

सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ । निजी क्षेत्र नाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजी क्षेत्रले तुरुन्त निर्णय गर्छ । कसैलाई छुट नै दिनुपर्ने हो भने पनि तुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन् । राज्यले छुट दिनुपर्यो भने भएका प्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ ।

त्यसोभए चोभार सुख्खा बन्दरगाह पुर्ण क्षमतामा संचालन हुनमा के ले रोकिरहेको छ ?

चोभार सुख्खा बन्दरगाहलाई दुई भागमा छुट्याएका छौं । आधा भागमा भन्सारका जाँचपासका काम गर्छौ भने आधा भागमा लजिस्टिक हबको काम गर्छाैं । लजिस्टिक हबमा व्यापार सम्बन्धि सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाँउ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमन अझ कम नै छ । त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो । अहिलेसम्म भारतको नाकाबाट मात्रै भन्सार जाँचपास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनि सिधै चोभार सुख्खा बन्दरगाहमा सामान ल्याउछु भन्नेहरुलाई पनि त्यो सुविधा लागु भइसकेको छ । यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमा भन्सार जाँचपास गराउने सुविधा छ ।

भारतकै नाकाबाट आउने सामानहरु चोभारसम्म चाहिँ किन आईपुग्दैनन् ?

चोभार व्यवसायीहरुका लागि विकल्प हो । चोभार सुख्खा बन्दरगाह अनिवार्य छिर्नु पर्दैन । किनभने मानिसहरुका लागि वीरगंज सुख्खा बन्दरगाह, विराटनगर सुख्खा बन्दरगाह, भैरहवा सुख्खा बन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँबाट गर्नुहुन्छ । त्यहाँ असहज हुन्छ भने चोभार आउनुहुन्छ । त्यसैले चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपास भएन भनेर ठूलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँचपास जहाँ भएन भने आइपुग्ने भनेको सरकारसँगै नै हो ।

चोभार सुख्खा बन्दरगाहको सम्पुर्ण पूर्वाधारहरुको प्रयोग भइरहेको छ त ?

छन् । अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खा बन्दरगाहमा छन् । पाँचवटा गोदाममा तीनवटा पुर्ण रुपमा भरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ? भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा बन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारीतिर लागेका छौं।

यो कुरा मैंले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । यहाँ हिमाल सिमेन्टको सातसय रोपनी जग्गा छ । त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदिन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकरात्मक नै हुनुहुन्छ । बन्दरगाहको सात सय रोपनी जग्गामा प्रर्दशनी स्थल बन्दैछ । त्यो प्रर्दशनी स्थलका लाग जतिबेला जग्गा छुट्याईन्छ त्यतिबेला नै बन्दरगाहका लागि पनि जग्गा छुट्याईन्छ ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...