Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

रोशीका ४४७ विद्यार्थीहरूलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ।

गत साउन १२ गतेको अविरल वर्षाले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई पोसाक सहयोग गरेको हो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पधादिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बीसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्दै असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गरेर स-साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको बताए ।

उनले बीमा सबैका लागि अवश्यक छ भन्ने कुरामा जोड दिँदै विद्यार्थी भोलिको देशका कर्णधार भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा उपस्थित समाजसेवी शंखबुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकामा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकाले बीमा गर्नुपर्ने कुरामा जोड दिए । बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न सक्ने उनले बताए ।

कम्पनीका एजेन्सी मेनेजर तथा कार्यक्रमका सहजकर्ता अशोकबुद्ध लामाले बीमाले भविष्यमा हुन सक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८१ माघ १ मंगलवार ०९:१२

  काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण...