Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ : उपप्रधानमन्त्री सिंह

kumari  bank

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् ।
विहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए ।

‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,’ उनले भने, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए। सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।

सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे ।

रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उनले बताए । ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ उनले भने, ‘ संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ ।

यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन् ’ नवलपुरमा नमूना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडी बढ्न नसकेकोमा अहिले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको सिंहले बताए । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ०७६ फागुनमा तयार भएपनि काम अघि बढ्न सकेको थिएन । त्यस्तै देशको विशेष संरचनाहरुलाई व्यवस्थापन र सञ्चालनका लागि काम अघि बढेको बताए । यअसघकिा सरकारले उसै हुन्छ भनेका विषयहरुलाई आवश्यक नियमकानून बनाएर सञ्चालनमा ल्याउन अहिले सरकारले द्रुत गतिमा काम गरिररहेको र यसको सकारात्मक परिणाम केही समयमा देखिने दाबी गरे ।

चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन आएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताए । ‘नीजि क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्यो नी । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ । महोत्सवहरुले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढावा दिनुपर्छ,’ उनले भने ।

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...