Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गाउँपालिका, नगरपालिका र जिससका प्रतिनिधिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्नुपर्नेलगायत सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ ।

 

यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...