CG Electronics
IME Life
NIMB

प्रत्येक वर्ष पाँच खर्बभन्दा बढीको स्रोत खेर गइरहेको छ : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभरका सात सयवटा क्रसर उद्योगमध्ये उद्योग विभागले एउटा मात्र क्रसर उद्योगको नविकरण गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

विहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले हामीसँग प्रशस्त मात्रामा स्रोत हुँदापनि मापदण्डको आधारका कारण प्रत्येक वर्ष पाँच खर्बभन्दा बढीको स्रोत खेर गइरहेको बताए ।
उद्योग सञ्चालनमा नआउँदा वर्षको कति राजस्व गुमाइ रहेका छौ त्यसमा ध्यान जानुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘संसदका समितिहरुमा पनि थुप्रै ऐनहरु विचाराधिन अवस्थामा रहेका छन् । मन्त्री भएर आएको आठ महिना भयो ढुङ्गा, गिट्टी र बालुवाको मापदण्ड तोक्ने भनेर समितिमा अझैसम्म पनि छलफल हुदैँछ । प्रत्येक वर्ष पाँच खर्बभन्दा बढीको स्रोत बगेर जान्छ । हामी बेच्न तयार छैनौ । राज्यहरु धनी किन हुन्छन् भन्दा उनीहरुसँग के चिज छ, त्यसको प्याकेजिङ्, ब्रान्डिङ् र निर्यात गर्ने कुरा हुन्छ त्यसमा हामी चुकिरहेका छौं । मापदण्डको आधारमा कही हलचल नगर्ने सात सयवटा क्रसर उद्योगमा आज उद्योग विभागले एउटा मात्र क्रसर उद्योगको नविकरण गर्नुपर्ने ठाँउमा पुगेका छौ ।’

यस्तै, उनले एकले अर्कोलाई देखाएर उन्मुक्ति पाउने खालका कामहरु सरकारी संयन्त्रबाट भइरहेको भन्दै यही कारणले गर्दा परिणाम आउन नसकेको बताए ।

उनले भने, ‘आज ३८ वटा खानी खनिज सम्बन्धीका फाइलहरु वन मन्त्रालयमा अड्केर बसेका छन् उहाँहरुले एकले अर्कोलाई देखाएर उन्मुक्ति पाउने खालका कामहरु हाम्रो सरकारी संयन्त्रबाट भइरहेका छन् । यसले खासमा परिणाम आउन सकिरहेको छैन् । यो कुरा सरकारले महशुस गरेर तत्कालै फास्ट ट्रयाकबाट यसको समाधानको खोजी गरिरहेको छ ।’

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई निकुञ्जभित्रको कोर एरियाभन्दा बाहेक सञ्चालन गर्न सकिने भन्ने नीति बनाएपनि वन मन्त्रालयले राष्ट्रिय प्राथमिकता आयोजना हो, उद्योग होइन भन्ने अर्थ लगाएर कार्य विधि रोकिदिएको पनि उनको गुनासो छ ।

उनले भने, ‘चालु आर्थिक वर्षको फ्रमवर्कभित्र रहेका नीति, कार्यक्रम, बजेट वा कार्यान्वयन मन्त्रालयको प्रतिबद्धतामा अझ यसलाई थप बल पुग्नेछ । खासगरी राष्ट्रिय निकुञ्जसँग सम्बन्धीत विषयमा हामीले लगानी सहजीकरण ऐन संशोधन गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई निकुञ्जभित्रको कोर एरियाभन्दा बाहेक सञ्चालन गर्न सकिने भन्ने उल्लेख थियो । तर वन मन्त्रालयले राष्ट्रिय प्राथमिकता आयोजना उद्योग होइन भन्ने अर्थ लगाएर कार्य विधि रोकिदिएको अवस्था छ ।’

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...