Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न सुझाव

 

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् ।

उनले भने,‘संघ प्रदेश र स्थानिय सबैले समावेश हुन पाउने सेवाको व्यवस्था गर्न को लागि हामीले माथिल्लो तहमा खुल्ला १० प्रतिशत बाँकी ९० प्रतिशत पदहरु बढुवाद्धारा पूर्ति गर्नुपर्छ भन्ने लोकसेवाको अहिलेको धारणा रहेको छ ।’
त्यस्तै उनले उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद खुल्लामा ३२ र समावेशीमा ३७ वर्ष राख्ने विधेयकको प्रस्ताव रहेको भन्दै त्यसलाई कायम गर्दा उपयुक्त हुने बताए ।

उनले भने,‘निजामतिको कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष बनाउनु पर्ने छ । सेवा प्रवेशको हकमा उमेर हद अधिकतम समावेशीका हकमा ३७ वर्ष खुल्लामा ३२ वर्ष कायम गर्दा उपयुक्त हुने छ । जुन विधेयकमा प्रस्ताव भइसकेको नै छ ।’

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...