CG Electronics
IME Life
NIMB

बन्दीपुर केवलकार : भ्रमात्मक समाचारप्रति कम्पनीको स्पष्टीकरण

NIMB
Himalayan Bank

 

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लि.ले केही मिडियामा प्रकाशित भएको भ्रमात्मक समाचारप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।

केवलकार कम्पनीले दैनिक सञ्चालनका क्रममा अपनाइने प्रोटोकलअनुसार अत्याधुनिक उपकरणहरूको जाँच तथा आवश्यक सर्भिसिङ्ग गरिरहेको जनाएको छ। यस क्रममा टावरहरूको प्लाटफर्म र लाईन सिभमा सामान्य त्रुटि भेटिएपछि यात्रु नचढाईकन जाँच गरिएको थियो। जाँचका क्रममा रोपलाई अस्थायी रूपमा प्लाटफर्म र लाईन सिभबाट निकालिएको अवस्थामा देखिएको दृश्यलाई “डिब्बा चुडिएको” वा “रोप चुडिएको” भन्दै केही मिडियाले समाचार सम्प्रेषण गरेकोप्रति कम्पनीले आपत्ति जनाएको छ।

कम्पनीका अनुसार, सो क्रममा कुनै यात्रु रहेका थिएनन् र कुनै दुर्घटना वा क्षति भएको छैन। कम्पनीले यस्तो प्रक्रिया नियमित जाँचका क्रममा हुने सामान्य प्रक्रिया भएको स्पष्ट पारेको छ।

बन्दीपुर केवलकार सामुदायिक उद्यमको नमुना भएको र यो सधैं सुरक्षित र विश्वसनीय सेवामा केन्द्रित रहेको बताउँदै, कम्पनीले यात्रुहरूको सुरक्षा र विश्वास कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।

यस प्रकारका भ्रमपूर्ण समाचारले यात्रुहरूमा अनावश्यक त्रास उत्पन्न गराउन सक्ने भन्दै कम्पनीले यथार्थ सूचना प्रवाह गर्न मिडिया लगायत सबै पक्षलाई आग्रह समेत गरेको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...