Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बन्दीपुर केवलकार : भ्रमात्मक समाचारप्रति कम्पनीको स्पष्टीकरण

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लि.ले केही मिडियामा प्रकाशित भएको भ्रमात्मक समाचारप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।

केवलकार कम्पनीले दैनिक सञ्चालनका क्रममा अपनाइने प्रोटोकलअनुसार अत्याधुनिक उपकरणहरूको जाँच तथा आवश्यक सर्भिसिङ्ग गरिरहेको जनाएको छ। यस क्रममा टावरहरूको प्लाटफर्म र लाईन सिभमा सामान्य त्रुटि भेटिएपछि यात्रु नचढाईकन जाँच गरिएको थियो। जाँचका क्रममा रोपलाई अस्थायी रूपमा प्लाटफर्म र लाईन सिभबाट निकालिएको अवस्थामा देखिएको दृश्यलाई “डिब्बा चुडिएको” वा “रोप चुडिएको” भन्दै केही मिडियाले समाचार सम्प्रेषण गरेकोप्रति कम्पनीले आपत्ति जनाएको छ।

कम्पनीका अनुसार, सो क्रममा कुनै यात्रु रहेका थिएनन् र कुनै दुर्घटना वा क्षति भएको छैन। कम्पनीले यस्तो प्रक्रिया नियमित जाँचका क्रममा हुने सामान्य प्रक्रिया भएको स्पष्ट पारेको छ।

बन्दीपुर केवलकार सामुदायिक उद्यमको नमुना भएको र यो सधैं सुरक्षित र विश्वसनीय सेवामा केन्द्रित रहेको बताउँदै, कम्पनीले यात्रुहरूको सुरक्षा र विश्वास कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।

यस प्रकारका भ्रमपूर्ण समाचारले यात्रुहरूमा अनावश्यक त्रास उत्पन्न गराउन सक्ने भन्दै कम्पनीले यथार्थ सूचना प्रवाह गर्न मिडिया लगायत सबै पक्षलाई आग्रह समेत गरेको छ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...