CG Electronics
IME Life
NIMB

दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मूख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् । यही पुस २५ गने काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने भएका हुन् ।

पुस २५ गते साढे १२ बजेदेखि हुने डिस्कोर्शमा कूल ४ वटा सत्र हुनेछन् । जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धीत सत्र हुनेछन् । ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिती रहनेछ । यसैगरी, भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन् ।

देशको बमिा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ । यसअघि बैंकिङ्ग समाचारको आयोजनामा २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो ।

डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल भएको थियो । यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावि दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल भएको थियो ।

डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो । कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावि दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धीत निकायले बताएको थियो ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...