Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

दोस्रो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने

 

काठमाडौं । बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मूख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् । यही पुस २५ गने काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने भएका हुन् ।

पुस २५ गते साढे १२ बजेदेखि हुने डिस्कोर्शमा कूल ४ वटा सत्र हुनेछन् । जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धीत सत्र हुनेछन् । ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिती रहनेछ । यसैगरी, भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन् ।

देशको बमिा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ । यसअघि बैंकिङ्ग समाचारको आयोजनामा २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो ।

डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल भएको थियो । यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावि दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल भएको थियो ।

डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो । कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावि दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धीत निकायले बताएको थियो ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...