CG Electronics
IME Life
NIMB

इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्छ : अध्यक्ष महतो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न गरेको छ । राजधानीको एक होटलमा शुक्रबारदेखि संचालन गरिएको सो तालिम आइतबार समापन गरिएको हो ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीको प्रमुख आतिथ्य र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा उक्त तालिम सुरु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायत समापन कार्यक्रममा सहभागी थिए ।

 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोले भ्यालुयर्स इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्ने चेतावनी दिए । उनले राम्रो कामको समर्थन,सहयोग र नराम्रो काम गरेमा विरोध मात्र होइन आवश्यक परे कारबाही गर्ने समेत बताए ।

 

इन्जिनियरहरुले अन्जानमा गरेको गल्तीलाई एनभिएले समर्थन गर्दै होस्टेमा हैसे गर्ने पनि स्पष्ट पारे । तर बैंकसँग मिलेर जनताको पैसामाथि खेलवाड गरेमा भने संस्थाले साथ नदिने पनि दोहोह्राए ।

त्यसैगरी,राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बैंक,वित्तिय संस्था बदमास भए इन्जिनियरहरुलाई सहयोग नगर्न आग्रह गरे । “कर्जा प्रवाह गर्ने उद्देश्य राखेर बदमासी तरिकाले काम गर्छन् भने तपाईहरु त्यसको सहयोगी नभइदिनुस्”–उनले आग्रह गरे ।

 

इन्जिनियरहरुको मनिटरिङ इन्जिनियरिङ काउन्सिलले गर्ने कुरा मस्यौदाको रुपमा पेश गरेको जानकारी दिंदै उनले त्यसबारे निर्णय कार्यान्वयन हुन बाँकी रहेको बताए ।

यस्तै,कार्यक्रममा बोल्दै वरिष्ठ प्रशिक्षक ई.देवेन्द्र कुमार श्रेष्ठले पछिल्लो समयमा नयाँ पुस्ता अत्यन्तै अल्छी भएको आरोप लगाए ।

 

सक्रिय भएर नयाँ टेक्नोलोजी मैत्री बन्न पनि प्रत्येक इन्जिनियरहरुलाई सुझाव दिए
एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक थिए भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका थिए । कार्यक्रमको सञ्चालन भने एनभिएका महासचिव अशोक सिलवालले गरेका थिए ।

 

ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने पनि विश्वास लिएको एनभिएका सचिव रबिन्द्र अधिकारीले बताए । सो तालिममा ३० जना इन्जिनियरहरु सहभागी रहेका थिए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...