Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्छ : अध्यक्ष महतो

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न गरेको छ । राजधानीको एक होटलमा शुक्रबारदेखि संचालन गरिएको सो तालिम आइतबार समापन गरिएको हो ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीको प्रमुख आतिथ्य र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा उक्त तालिम सुरु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायत समापन कार्यक्रममा सहभागी थिए ।

 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोले भ्यालुयर्स इन्जिनियरहरुले बदमासी गरे एनभिएले कारबाही गर्ने चेतावनी दिए । उनले राम्रो कामको समर्थन,सहयोग र नराम्रो काम गरेमा विरोध मात्र होइन आवश्यक परे कारबाही गर्ने समेत बताए ।

 

इन्जिनियरहरुले अन्जानमा गरेको गल्तीलाई एनभिएले समर्थन गर्दै होस्टेमा हैसे गर्ने पनि स्पष्ट पारे । तर बैंकसँग मिलेर जनताको पैसामाथि खेलवाड गरेमा भने संस्थाले साथ नदिने पनि दोहोह्राए ।

त्यसैगरी,राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बैंक,वित्तिय संस्था बदमास भए इन्जिनियरहरुलाई सहयोग नगर्न आग्रह गरे । “कर्जा प्रवाह गर्ने उद्देश्य राखेर बदमासी तरिकाले काम गर्छन् भने तपाईहरु त्यसको सहयोगी नभइदिनुस्”–उनले आग्रह गरे ।

 

इन्जिनियरहरुको मनिटरिङ इन्जिनियरिङ काउन्सिलले गर्ने कुरा मस्यौदाको रुपमा पेश गरेको जानकारी दिंदै उनले त्यसबारे निर्णय कार्यान्वयन हुन बाँकी रहेको बताए ।

यस्तै,कार्यक्रममा बोल्दै वरिष्ठ प्रशिक्षक ई.देवेन्द्र कुमार श्रेष्ठले पछिल्लो समयमा नयाँ पुस्ता अत्यन्तै अल्छी भएको आरोप लगाए ।

 

सक्रिय भएर नयाँ टेक्नोलोजी मैत्री बन्न पनि प्रत्येक इन्जिनियरहरुलाई सुझाव दिए
एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक थिए भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गरेका थिए । कार्यक्रमको सञ्चालन भने एनभिएका महासचिव अशोक सिलवालले गरेका थिए ।

 

ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने पनि विश्वास लिएको एनभिएका सचिव रबिन्द्र अधिकारीले बताए । सो तालिममा ३० जना इन्जिनियरहरु सहभागी रहेका थिए ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...