NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत गर्ने प्रयास भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीकाबीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए ।

उनले भने,‘मूलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ ।

कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’
त्यस्तै उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहिँ पुग्न नसकिने धारणा राखे ।

उनले भने,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने चाँही संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाँही कहिँ पुग्दैनौं जस्तो मलाई लाग्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती निर्माण गर्नुपर्ने धारणा राखे । देशभरी कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीत दलहरुको प्रभुत्तको कारणले संघीयता विकास हुन नसकेको उनको भनाई छ ।

उनले भने,‘स्थानीय तहलाई यही रुपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्दती हुनुपर्छ ।

त्यो भयो भने मानिस अलिकति भएपनि केही हदमा स्वतन्त्र हुन्छ । देशभरी कांग्रेस एमाले माओवादी र मेधेस केन्द्रीत दलहरुको प्रभुत्तको कारणले संघीयता स्भाविक रुपमा विकास हुन नसकेको हो ।’

त्यस्तै उनले अहिले कारोबारी राजनीति भइरहेको भन्दै यसबाट ननिस्कँदासम्म संविधान संशोधन गर्न नसकिने बताए । कारोबारी मानसिकतामा संविधान संशोधनमा हात हालेका संविधानमा आगो लाग्ने उनको भनाइ छ ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...