CG Electronics
IME Life
NIMB

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ ।
केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ ।

नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि चिनियाँ मोडलका इभी(इलेक्ट्रिक भेइकल)ले स्थान ओगट्न थालेको छ । व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरु एकदमै बलियो भएको अनुभव रहेको सुनाए ।

‘वितेको दुईचार बर्षमा चिनियाँ इभी गाडी नेपालमा बढेको छ । तरपनि धोका दिन्छ कि भन्ने त्रास छ । आशा गरौं आएका कमजोरीहरु सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।’ नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवम व्यवसायी मनोज श्रेष्ठले चिनियाँ इभी गाडीहरु लक्जरीयस रहेको सुनाउँदै भने,‘चिनियाँ इभीहरुको सबै फिचरहरु राम्रा छन् । इभीको भविष्य राम्रो देख्छु ।

चिनियाँ इभी बसहरु थप भित्र्याउन आवश्यक छ ।’ अर्का व्यवसायी बेदराज बाँस्तोलाले चिनियाँ इभी बसको सेवा सुविधाहरु राम्रो रहेको सुनाउँदै भने,‘नेपालमा चिनियाँ इभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेट गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’ विगतका तथ्यांकलाई हेर्ने हो भने पनि चिनियाँ इभी गाडीहरुको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०।८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा इभीले ओगटिसकेको छ । उक्त बर्ष मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो ।

नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका इभी भित्रिरहेपनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ । कुल इभीमा चीनबाट आयात भएका इभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका इभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांकहरु सार्वजनिक भइसकेका छन् । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न लिएको कर छुट नीतिले पनि इभीप्रतिको मोह बढेको देखिन्छ ।

नेपालको अटो बजारमा चिनियाँ इभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउँनु रहेको व्यवसायीहरुको भनाइ छ । आर्थिक वर्ष २०७३।७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।

नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरेपनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्नसक्ने अनुमान गरिएको छ ।

गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए। त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...