Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जगदुल्ला ठेक्का प्रकरणमा उर्जा मन्त्रालयको स्पष्टोक्ति

Machhapuchchhre Bank Limited

काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ ।

उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको छुट्टै सञ्चालक समिति हुने भएकोले उक्त सञ्चालक समितिमा माननीय मन्त्री संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, आफूसँग नजोडिएको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेको कपोलकल्पित एवं भ्रामक समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ स्वकिय उपसचिव बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

मन्त्रीजस्तो सामाजिक मर्यादामा रहने सार्वजनिक ओहोदामा रहेको व्यक्तिको सम्बन्धमा समाचार सम्प्रेषण गर्दा तथ्य यकिन गर्ने खोजपूर्ण र प्रमाणमा आधारित प्रक्रिया समेत नअपनाएको विज्ञप्तीमा उल्लेख छ ।

“प्रकाशित समाचारका सम्बन्धमा सम्बन्धीत जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले समेत प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचार सामाग्री कपोलकल्पित, भ्रामक एवम् तथ्यहिन भएको स्पष्ट पारिसकेको अवस्था छ । यसरी तथ्यहिन समाचार सामाग्री प्रकाशन गर्दा माननीय मन्त्रीजस्तो सामाजिक सार्वजनिक ओहोदामा आसिन व्यक्तिको राजनीतिक एवम् सामाजिक चरित्रमा दाग लाग्ने एवं शारिरीक एवम् मानसिक क्षति हुने हुन्छ । यसको शोध भर्ना कहिँ कतैबाट हुनै सक्दैन,”– विज्ञप्तीमा उल्लेख छ ।

यस्तो गम्भीर विषयमा राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार माध्यमले यस्तो गम्भीर लापरबाही गर्नु शोभनीय नहुने बताइएको छ । सम्बन्धीत कम्पनीले जारी गरेको विज्ञप्तीमा मन्त्रीको कुनैपनि प्रकारको संलग्नता नभएको बताइसकेको छ ।

मन्त्री र मन्त्रालयजस्तो गरिमामय संस्थाको विना आधार धज्जी उडाउने कार्यले किमार्थ कसैको हित हुन नसक्ने भन्दै उनले प्रकाशित समाचारको धरातल तथ्यविहिन भएको सन्दर्भमा उक्त सामाग्री हटाएर खण्डन प्रकाशित गर्नसमेत सञ्चार माध्यामलाई अपिल गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...