CG Electronics
IME Life
NIMB

जगदुल्ला ठेक्का प्रकरणमा उर्जा मन्त्रालयको स्पष्टोक्ति

NIMB
Himalayan Bank

काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ ।

उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको छुट्टै सञ्चालक समिति हुने भएकोले उक्त सञ्चालक समितिमा माननीय मन्त्री संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, आफूसँग नजोडिएको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेको कपोलकल्पित एवं भ्रामक समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ स्वकिय उपसचिव बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

मन्त्रीजस्तो सामाजिक मर्यादामा रहने सार्वजनिक ओहोदामा रहेको व्यक्तिको सम्बन्धमा समाचार सम्प्रेषण गर्दा तथ्य यकिन गर्ने खोजपूर्ण र प्रमाणमा आधारित प्रक्रिया समेत नअपनाएको विज्ञप्तीमा उल्लेख छ ।

“प्रकाशित समाचारका सम्बन्धमा सम्बन्धीत जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले समेत प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचार सामाग्री कपोलकल्पित, भ्रामक एवम् तथ्यहिन भएको स्पष्ट पारिसकेको अवस्था छ । यसरी तथ्यहिन समाचार सामाग्री प्रकाशन गर्दा माननीय मन्त्रीजस्तो सामाजिक सार्वजनिक ओहोदामा आसिन व्यक्तिको राजनीतिक एवम् सामाजिक चरित्रमा दाग लाग्ने एवं शारिरीक एवम् मानसिक क्षति हुने हुन्छ । यसको शोध भर्ना कहिँ कतैबाट हुनै सक्दैन,”– विज्ञप्तीमा उल्लेख छ ।

यस्तो गम्भीर विषयमा राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार माध्यमले यस्तो गम्भीर लापरबाही गर्नु शोभनीय नहुने बताइएको छ । सम्बन्धीत कम्पनीले जारी गरेको विज्ञप्तीमा मन्त्रीको कुनैपनि प्रकारको संलग्नता नभएको बताइसकेको छ ।

मन्त्री र मन्त्रालयजस्तो गरिमामय संस्थाको विना आधार धज्जी उडाउने कार्यले किमार्थ कसैको हित हुन नसक्ने भन्दै उनले प्रकाशित समाचारको धरातल तथ्यविहिन भएको सन्दर्भमा उक्त सामाग्री हटाएर खण्डन प्रकाशित गर्नसमेत सञ्चार माध्यामलाई अपिल गरेका छन् ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...