CG Electronics
IME Life
NIMB

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

NIMB
Himalayan Bank

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममा आक्र्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा. लिलाई हाइगर बसको नया मोडल केएलक्यिू ६८१२ केआरको चाबी हस्तान्तरण गरिएको हो । समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा चाबी हस्तान्तरण गरिएको हो ।

चीनको प्रसिद्ध बस निर्माता हाइगर बस कम्पनि लिमिटेडले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो बसहरु निर्यात गर्दै आएको छ र गत १६ वर्षदेखि नेपाली बजारको पर्यटकीय क्षेत्रमा एक प्रमुख ब्रान्डको रुपमा स्थापित भएको छ ।

नेपालको लागि हाइगर बसको आधिकारिक वितरक आक्र्स ग्रुपले नेपाली बजारमा एकसय भन्दा बढी बसहरुको सफल बिक्री गरिसकेको छ । जुन विशेष गरी पर्यटन र यातायात क्षेत्रमा आरामदायी, र विश्वसनीयताको लागि प्रसिद्ध छन् ।

समारोहमा, नेपाली बजारको आवश्यकतालाई पूरा गर्ने उच्च–गुणस्तरको, आरामदायी बसहरु उपलब्ध गराउन प्रतिवद्ध रहेको आक्र्स ग्रुपले जनाएको छ । हाइगर बसहरू नेपालको भौगोलिक अवस्था र बाटोअनुरूप रहेका हुँदा नेपाली बजारमा छिट्टै लोकप्रिय हुने अधिकृत बिक्रेता कम्पनीले दाबी गरेको छ ।

बसमा तातो–चिसो एअर कन्डिसन र लक्जरियस सिटहरू रहेका छन् । गाडीमा बे्रक लगाउँदा आवाज पनि ननिस्कने कम्पनीको दाबी छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...