CG Electronics
IME Life
NIMB

नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ) ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उहाँले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताउनु भयो । उहाँले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्ने समेत बताउनु भयो ।

“अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ । साच्चि नै देशको आर्थिक उन्नती हेर्ने मन हो भने उद्यमशीलता प्रवर्द्धन , लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा हामी केन्द्रित हुनुपर्दछ र यो नै आजको आवश्यक्ता हो ।” उहाँले भन्नु भयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रर्वद्धनका लागि स्टटार्ट अप एण्ड ईन्नोभेशन फोरम, नेपाल युवा उद्यमी मञ्च, घरेलु तथा साना उद्योग, लगानी तथा अन्तरराष्ट्रिय फोरम (आइसीटी) र उद्योग तथा व्यवापार जस्ता समिति तथा फोरमहरुहरु स्थापनाका साथै उनीहरु मार्फत विभिन्न कामहरु गर्दै आईरहेको जानकारी दिनुभयो ।
उहाँले महासंघले मुलुक भित्र नविनतम सोंच सहितको उद्यमशीलता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसङ समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

अध्यक्ष ढकालले अझै पनि नेपाल सरकारका कतिपय कानून पुराना भएकोले काम गर्न समस्या हुने गरेको उल्लेख गर्दै समयानुकूल कानुन ल्याउन तथा पुराना कानूनहरुको संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो ।

“पछिल्लो समय निजि क्षेत्रको सुझाव अनुसार कतिपय कानून परिमार्जन भएका छ्न्। प्रायः सबै दलहरू अहिले आर्थिक एजेन्डा वीना मुलुक समृद्ध हुदैन भन्नेमा सहमत छ्न । यो सकारात्मक पक्ष हो । तर यो प्रयाप्त छैन । ” उहाँले भन्नुभयो ।

स्टार्टअप अवार्डबाट सम्मानित हुनुहुने बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्टार्टअपको विकास र विस्तारको लागि महासंघ सधैं तयार रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीले देश बिकासको लागि यूवाहरुको नविन सोचको सम्मान गर्दै सोही अनुरुपको वातावरण निर्माण गरिदिनुपर्ने बताउनु भयो । उहाँले झन्झटिलो कानूनी प्रक्रियाको सुधारको लागि कार्यविधि, मापदण्ड जस्ता विषय खारेज गर्ने र सहजताका साथ काम गर्ने वातावरण बनाइने प्रतिवद्द्ता व्यक्त गर्नु भयो ।

चौथो (एनवाईइएफ) स्टार्टअप अवार्डका लागि छनोट भएका ७ वटा कम्पनी मध्यबाट डिएल ड्ट सर्फले प्रथम, मेल्ट डाउनले दोस्रो र खेतीपाती अर्गानिक्सले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...