Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ : अध्यक्ष ढकाल

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ) ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उहाँले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताउनु भयो । उहाँले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्ने समेत बताउनु भयो ।

“अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ । साच्चि नै देशको आर्थिक उन्नती हेर्ने मन हो भने उद्यमशीलता प्रवर्द्धन , लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा हामी केन्द्रित हुनुपर्दछ र यो नै आजको आवश्यक्ता हो ।” उहाँले भन्नु भयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रर्वद्धनका लागि स्टटार्ट अप एण्ड ईन्नोभेशन फोरम, नेपाल युवा उद्यमी मञ्च, घरेलु तथा साना उद्योग, लगानी तथा अन्तरराष्ट्रिय फोरम (आइसीटी) र उद्योग तथा व्यवापार जस्ता समिति तथा फोरमहरुहरु स्थापनाका साथै उनीहरु मार्फत विभिन्न कामहरु गर्दै आईरहेको जानकारी दिनुभयो ।
उहाँले महासंघले मुलुक भित्र नविनतम सोंच सहितको उद्यमशीलता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसङ समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

अध्यक्ष ढकालले अझै पनि नेपाल सरकारका कतिपय कानून पुराना भएकोले काम गर्न समस्या हुने गरेको उल्लेख गर्दै समयानुकूल कानुन ल्याउन तथा पुराना कानूनहरुको संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो ।

“पछिल्लो समय निजि क्षेत्रको सुझाव अनुसार कतिपय कानून परिमार्जन भएका छ्न्। प्रायः सबै दलहरू अहिले आर्थिक एजेन्डा वीना मुलुक समृद्ध हुदैन भन्नेमा सहमत छ्न । यो सकारात्मक पक्ष हो । तर यो प्रयाप्त छैन । ” उहाँले भन्नुभयो ।

स्टार्टअप अवार्डबाट सम्मानित हुनुहुने बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्टार्टअपको विकास र विस्तारको लागि महासंघ सधैं तयार रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीले देश बिकासको लागि यूवाहरुको नविन सोचको सम्मान गर्दै सोही अनुरुपको वातावरण निर्माण गरिदिनुपर्ने बताउनु भयो । उहाँले झन्झटिलो कानूनी प्रक्रियाको सुधारको लागि कार्यविधि, मापदण्ड जस्ता विषय खारेज गर्ने र सहजताका साथ काम गर्ने वातावरण बनाइने प्रतिवद्द्ता व्यक्त गर्नु भयो ।

चौथो (एनवाईइएफ) स्टार्टअप अवार्डका लागि छनोट भएका ७ वटा कम्पनी मध्यबाट डिएल ड्ट सर्फले प्रथम, मेल्ट डाउनले दोस्रो र खेतीपाती अर्गानिक्सले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...