Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पर्न

 

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमसँग आबद्ध फोटो पत्रकारहरूसँगै विभिन्न कलाकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकाररपत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको बताउँदै यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई ऐनमा सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला फोटोग्राफीलगायतका विविध विषय छुटेको बताउँदै संस्थागत रूपमा यस विषयमाथि आवाज उठाई कानुनमा समेटिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको बताउँदै सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्नेमा जोडदिनुभयो ।

नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई घनीभूत छलफल गरेर संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखितरमौखिक सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष सौरगांगा दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण केशव राज खनालले गर्नुभएको थियो ।

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...