Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री

Machhapuchchhre Bank Limited

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्धा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रस्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो र यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ ।’

यस्तै, उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ । यद्यपी नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण छन् । अन्तराष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्धालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु ।’

पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘व्यापार सम्बन्धी पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि उत्थानशिल बनाउने तर्फ पनि थप क्रियाशिलता अबलम्बन गर्नुपर्ने आवश्यकता छ । हामीले ठूलो लगानीमा निर्माण गरेका पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति, बाढि, पहिरो र भूकम्पका कारण हुने क्षती नोक्सानीबाट हुने आपूर्ती श्रृखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने आवश्यकता छ ।’

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको खाँचो तीव्र

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १७:२९

  गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु...

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...