Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा, २०८१ माघ ४ गते भक्तपुरको बोडे स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा वृद्धाश्रममा बसोबास गरिरहेका वृद्धवृद्धाहरूलाई जाडोयाममा आवश्यक पर्ने ६ थान हिटर र खाद्यान्न सामग्रीहरू प्रदान गरिएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा वृद्धाश्रम समितिका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ, मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, तथा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले स्थापनाको पाँचौं वार्षिकोत्सवलाई विशेष बनाउन माघ महिनाभर विभिन्न कार्यक्रमहरू, जस्तै रक्तदान, वित्तीय साक्षरता प्रवर्द्धन, र सामाजिक सहयोग जस्ता गतिविधिहरू आयोजना गर्दैछ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। यसले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, सामूहिक लगानी कोष लगायतका सेवा प्रदान गर्दै आएको छ। सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...