Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिहरुलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने सम्भावना बढ्ने बताए । प्रदर्शनीबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिलाई हाम्रो विकासँग जोड्न सकेमा रोजगारी र निर्यात बढाउन सक्ने उनको भनाई छ ।

उनले भने,‘हामीले नयाँ प्रविधिहरुलाई भित्र्याएर त्यो प्रविधिबाट रोजगारी सृजना गर्न सक्याँै भने र आज हामीले निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ ब्राण्डिङ गर्ने कुरामा यसले थुप्रै किसिमको सम्भावना देखाएको छ । आजको यो प्रर्दशनिबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिले आजको हाम्रो विकासँग जोड्न सक्यौँ भने रोजगारी र निर्यात बढाउन सक्छौं । वन जंगलको विकासलाई नयाँ आयाम दिन सकिन्छ ।’

आयोकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ ।

साथै ,फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको प्रदर्शनीमा सहभागिता रहनेछ । आजदेखि सुरु भएको उक्त मेला आइतबारसम्म चल्ने छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...