फुडमाण्डु अब बुटवलमा पनि : नयाँ डेलिभरी सेवा सुरु

Thursday Jan 23, 2025
वि.सं.२०८१ माघ १० बिहीवार ०६:१६

बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी, फुडमाण्डुले आज बुटवलमा आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ। बुटवलको डि क्राउन इनमा आयोजित एक विशेष उद्घाटन कार्यक्रममा फुडमाण्डुका प्रतिनिधिहरूले सेवा विस्तारको घोषणा गरे।
फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा सफलतापूर्वक आफ्नो सेवा पुर्याइसकेको छ र अब बुटवलका ग्राहकलाई पनि आफ्ना मनपर्ने रेस्टुरेन्टबाट खाना अर्डर गर्न सजिलो बनाउने तयारी गरेको छ।
फुडमाण्डुको ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले उद्घाटन कार्यक्रममा भने, “हामी बुटवलमा फुडमाण्डु ल्याउन पाउँदा धेरै उत्साहित छौं। अब यहाँका ग्राहकहरूले आफ्ना मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नेछन्।”
कम्पनीका संस्थापक र प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “बुटवलमा हाम्रो सेवा विस्तार एउटा महत्वपूर्ण उपलब्धि हो। हामी बुटवलका बासिन्दाहरुलाई गुणस्तरीय र छिटो फुड डेलिभरी सेवा दिन उत्साहित छौं।”
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरेको छ, जसले बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रहरूमा खाना डेलिभरी सेवा पुर्याउनेछ।
बुटवल लन्चको अवसरमा फुडमाण्डुले ‘ज्ष्द्यगतधब’ प्रोमो कोड प्रस्तुत गरेको छ, जसमा बुटवलका ग्राहकहरूले ३०% (अधिकतम रु.२५० सम्म) छुट पाउनेछन्। यो अफर माघ महिनाभरका लागि उपलब्ध हुनेछ।
फुडमाण्डुको सेवा अब बुटवलवासीहरूको लागि अझै सहज र आरामदायक बन्यो, जसले गर्दा रेस्टुरेन्टको विभिन्न प्रकारका स्वादिष्ट परिकारहरू घरमै पुग्न सक्छ।