CG Electronics
IME Life
NIMB

पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न दिइने छैन् : सांसद भट्टराई

NIMB
Himalayan Bank

काठमाडौं । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए ।

उनले भने, ‘निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणिय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ ।

पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।’

त्यस्तै उनले ताप्लेजुङ बासीहरुको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको पनि बताए ।

उनले भने, ‘ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको ⁠हामी सम्मान गर्दछौ ।

र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु ।’

सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए ।

केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ ।

प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।’

त्यस्तै उनले माघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दै उनले त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

पाथीभरा केबलकार निर्माणको कार्यलाई अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणलाई अघि बढाउन उनले माग गरे ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...