Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इन्डेक्स एक्सचेन्जको बम्पर अफर, यस्तो छ उपहार योजना

 

काठमाडौं । यूएईस्थित इन्डेक्स एक्सचेन्जले ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको चौथो संस्करण लिएर आएको छ । यो वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित रमदानको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको हो।

कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दुस्खको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’ नारा दिएर मध्यपूर्वको प्रमुख सहर यूएईबाट यो अभियान थालेको छ । यूएईमा छुट्टै पहिचान बनाउन सफल यस कम्पनीले अन्य एक्सचेन्ज कम्पनीको तुलनामा निकै भिन्न उपहार योजना ल्याएको हो ।

कम्पनीले आगामी मार्च २९ तारिखसम्म मान्य रहने गरि ‘शान ए रमदान सिजन ४’ मा इन्डेक्स एक्सचेन्जका यूएई भरका आफ्ना जुनसुकै शाखाबाट नेपालसहित आफ्नो देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने बताएको छ ।

दुःख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनु पर्छ भन्ने सन्देशसहित यस कार्यक्रमको प्रवर्द्धनका क्रममा कम्पनीले बुल्डोजरलाई प्रस्तुत गरेको छ। बुल्डोजरलाई हिम्मत, साहस, आँट, भरोसा र शक्तिको प्रतीकका रुपमा लिने गरिन्छ । परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरू कै लागि यो अभियान थालिएको एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताए ।


आफ्नो घर परिवारबाट टाढा रहेर दुस्ख गरि परिवारको लागि आयश्रोत बन्दै साथमा देशको अर्थतन्त्रलाई समेत पनि टेवा पुर्याउन यो योजना ल्याएको, जसमा सहभागी भइ हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जीवन बदल्न प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले यूएईबासी सबैमा आह्वान गरेका छन् ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न कार्यक्रम सहित ग्राहक बर्गमा नयाँनयाँ योजनाहरू ल्याउने गरेको जसमा धेरै नेपालीले उपहार जितेको एक्सचेन्जका प्रमुख ब्यापार प्रबन्धक मिर के रसूलले बताए । पछिल्लो पटक एकजना नेपालीले नेपालमा घर जितेको र अन्यले लाखौँ रुपैयाँ जितिसकेको रसूलले जानकारी दिए।

एक्सचेन्जले यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइएको थियो । जसमा दश लाख नगदसहित केहि नेपालीले घर जाने हवाइ टिकट जितेका इन्डेक्स एक्सचेन्जका नेपाल प्रतिनिधि नवीन पौडेलले बताए ।

देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको कम्पनीको दाबी छ ।

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...