CG Electronics
IME Life
NIMB

कार्य प्रणालीमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असिमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् ।

आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘हामीलाई असिमित आवश्यक्ताहरुको जरुरत छ ।

आवश्यक्ताहरु एकथरी छन् । हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ । तालमेलको अभाव छ । जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन । छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन् । सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो ।’

साथै उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए । उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे ।

उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ । कर्मचारीहरुलाई मेरो के आग्रह छ भने नियम र विधिबाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला । जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु ।’

 

 

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...