Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

 

काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा अटो शो आयोजना गर्न नाडासँग आवश्यक सहयोगको औपचारिक आग्रह गरेका थिए। छलफलमा वाडा अटो शोको सम्भाव्यता र मोडालिटीबारे विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने निर्णय गरिएको छ। त्यसका लागि तत्काल सम्भाव्यता अध्ययन गरी सर्वे रिपोर्टको आधारमा कार्यहरू अघि बढाइने बताइएको छ। नाडाले यस अटो शोमा प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।

कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना स्वरूप सोभेनियर प्रदान गरे। कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरे।

नाडाले सन् १९९८ देखि राजधानीमा हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आएको छ। १६ औं संस्करणको नाडा अटो शो २०२४ भदौमा भृकुटी मण्डपमा सम्पन्न भएको थियो। राजधानीबाहेक अन्य प्रदेशहरूमा पनि अटो शो आयोजना गर्न सम्भाव्यता अध्ययन गर्ने योजना रहेको नाडाले जनाएको छ। कार्यक्रममा नाडाका तर्फबाट निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय कार्य समिति सदस्यहरू कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योतीलगायतको उपस्थिति थियो।

त्यसैगरी, वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यहरू शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलसमेतको उपस्थिति रहेको थियो।

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

वि.सं.२०८२ असार २२ आइतवार २१:१२

  काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन...

वि.सं.२०८२ असार २० शुक्रवार १४:५५

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस...

वि.सं.२०८२ असार २० शुक्रवार १४:१५

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...