CG Electronics
IME Life
NIMB

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि (किया नेपाल) ले नेपाली बजारमा नयाँ संस्करणको ‘किया केथ्री सेल्टोस’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँको गैरिधारास्थित सिल्भर ओक एभ्युमा आयोजित एक विशेष समारोहका बीच यस नयाँ एसयूभीको बिक्री सुरु गरिएको हो। तेस्रो पुस्ताको यो सेल्टोस उत्कृष्ट डिजाइन, उच्च सुरक्षा, आधुनिक प्रविधि, आरामदायी यात्रा र उत्कृष्ट कार्यक्षमताका साथ व्यापक अपग्रेड गरेर बजारमा ल्याइएको छ।

कियाको नयाँ ‘केथ्री’ प्लेटफर्ममा निर्माण गरिएको यस अल न्यू किया केथ्री सेल्टोसमा ठूलो र बलियो बडी संरचना रहेको छ, जसले गर्दा गाडीभित्र थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्राप्त हुन्छ। भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा उत्पादित यो मोडल हाल विश्वका ९० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ। यो नयाँ एसयूभीमा सुरक्षा र प्रविधिलाई विशेष ध्यान दिँदै लेभल २ एडास, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई आफ्नो सेगमेन्टमै सबैभन्दा धेरै सुविधा भएको एसयूभीमध्ये एक बनाएको छ।

सुरक्षाको दृष्टिकोणले उत्कृष्ट प्रमाणित भइसकेको किया केथ्री सेल्टोसले ८१ अंकमा ७६।७ अंक प्राप्त गर्दै ‘फाइभ(स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टमा उपलब्ध गाडीहरूमध्ये उत्कृष्ट सुरक्षा स्कोर हो। गाडी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले अल(न्यू किया केथ्री सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र सर्वोत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धतालाई झल्काएको बताउनुभयो। उहाँले यस गाडीले नेपाली एसयूभी बजारमा एउटा नयाँ उचाइ कायम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

कम्पनीले यस अल(न्यू किया केथ्री सेल्टोसलाई ग्राहकको आवश्यकता र चाहना अनुसार विभिन्न विकल्पहरू दिनका लागि अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसले गर्दा ग्राहकहरूले विभिन्न मूल्य र विशेषताका आधारमा आफ्नो मनपर्ने मोडल छान्न पाउने फराकिलो विकल्प प्राप्त गर्नेछन्। यो एसयूभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीका लागि उपलब्ध भइसकेको छ।

नेपाली बजारका लागि यस गाडीको सुरुवाती मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ, जस अन्तर्गत एचटीके ९इ० को मूल्य ६८,९०,००० रुपैयाँ, एचटीके  (K3) आईभीटीको मूल्य ७५,९०,००० रुपैयाँ, एचटीएक्स आईभीटीको मूल्य ८५,९०,००० रुपैयाँ र एक्स लाइन ७डीसीटीको मूल्य ९५,९०,००० रुपैयाँ रहेको छ। विगत ३५ वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा किया गाडीको बिक्री वितरण गर्दै आएको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाका नवीन, भरपर्दो र सुरक्षित गाडीहरू मार्फत नेपाली ग्राहकहरूको मन जित्न निरन्तर सफल भइरहेको छ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...