CG Electronics
IME Life
Ncell NPL

सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुआत गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।

कोर्सको सुरुआत गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे । “बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक महत्वका पूर्वाधार निर्माणमा जोड दिँदै आएकोमा नबिल बैंकले उद्यमशीलताको विकासका लागि सर्टिफिकेट कोर्स सुरु गरेको छ । यो उद्यमशीलतामा रुचि राख्नेका लागि लाभदायक हुने अपेक्षा छ,” मुख्यमन्त्री सिंहले बताए ।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै स्टार्टअप सुरुआत गर्न चाहने र सुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरु गरेको उनको भनाइ थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रमलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए । मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसप्रकारको कार्यक्रमले युवाहरुलाई देशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए । साथै उनले नबिल बैंकले मोनास्टीक स्कुलसँग यस कार्यक्रमको लागि गरेको सहकार्य सराहनीय रहेको व्यक्त गरे ।

नबिल बैंकले समाजिक उद्यमशिलतामा रुचि राख्ने, नविन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दैै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन् । साथै पाँच जना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुई जनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् ।

तीन महिने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन–बेस्ड’ तालिम प्रदान गरिनेछ । उक्त तालिममा सहभागीले आफ्‌नो उत्पादनको प्रवद्र्धन तथा बजारीकरणलगायतका विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ । विद्यालयले कार्यक्रममा सहभागी हुनका लागि खुला आवेदन माग गरेको थियो । जसमा उद्यमशीलताको क्षेत्रमा काम गर्ने अठोट भएकालाई छनोट गरिएको जनाइएको छ ।

नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको बैंकको भनाइ छ ।

फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

बैंकका अनुसार दुवै कार्यक्रममा हालसम्म आठ सय ६६ जना सहभागी भएर छन् । दुवै कार्यक्रममार्फत हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइसकेको छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...