CG Electronics
IME Life
NIMB

किसान लक्षित ऋण कर्जा प्रवाह गर्न चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

NIMB
Himalayan Bank

 

 

 

 

चितवन।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडका तर्फबाट श्री सांग्रिला श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।

 

समझदारी पत्रमा हस्ताक्षर समारोह प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को अवसरमा सम्पन्न भएको थियो। सो अवसरमा कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमा यस सहकार्यले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।

 

हालै मात्र “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंकले नेपालभर ३११ शाखा, २८४ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको प्रभु बैंक “फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४” अवार्डबाट पनि सम्मानित भएको छ।

 

यस समझदारीले दुग्ध व्यवसायी किसानहरुलाई वित्तीय पहुँचमा सहजता ल्याउँदै दुग्ध उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...