Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

किसान लक्षित ऋण कर्जा प्रवाह गर्न चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

Machhapuchchhre Bank Limited

 

 

 

 

चितवन।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडका तर्फबाट श्री सांग्रिला श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।

 

समझदारी पत्रमा हस्ताक्षर समारोह प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को अवसरमा सम्पन्न भएको थियो। सो अवसरमा कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमा यस सहकार्यले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।

 

हालै मात्र “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंकले नेपालभर ३११ शाखा, २८४ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको प्रभु बैंक “फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४” अवार्डबाट पनि सम्मानित भएको छ।

 

यस समझदारीले दुग्ध व्यवसायी किसानहरुलाई वित्तीय पहुँचमा सहजता ल्याउँदै दुग्ध उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...