CG Electronics
Ncell NPL
NIMB

नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश घोषणा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

बीरगंज, माघ २८। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईज्यूको अध्यक्षतामा बीरगंजस्थित होटल भिष्वामा आयोजित सभाले आ.व. २०८०÷८१ को वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक कार्य प्रगति प्रतिवेदन स्वीकृत गरेको छ।

सभाले आ.व. २०८०÷८१ को वितरण योग्य मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश (कर सहित) समावेश छ। यो लाभांश कम्पनीको चुक्ता पूँजी रु. ८,२०,७९,६६,५५४ को आधारमा वितरण गरिनेछ।

अध्यक्ष श्री संघईज्यूले सभालाई सम्बोधन गर्दै कम्पनीले जीवन बीमा क्षेत्रमा व्यवसायिक गरिमा कायम राख्दै संरचनात्मक सुधार, संस्थागत सुशासन, नविन प्रविधि, ग्राहक केन्द्रित योजना, र लगानी विविधिकरणलाई प्राथमिकता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई पालना गर्दै डिजिटल रुपान्तरणको तयारी गरिरहेको बताए।

प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीज्यूले आ.व. २०८०÷८१ मा आर्थिक चुनौती बीच पनि कम्पनीले उल्लेखनीय व्यावसायिक उपलब्धी हासिल गरेको बताए। उनले आगामी वैशाख २१ गते कम्पनीले २५ वर्ष पुरा गर्नेमा विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए।

२०८१ असोज मसान्त सम्ममा कम्पनीको कुल लगानी रु. २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष रु. २०८ अर्ब र शेयरधनी कोष रु. १२ अर्ब बढी रहेको छ। कम्पनीले देशभर फैलिएका १९५ कार्यालयहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै रु. २८८ अर्ब बीमाशुल्क आर्जन गरेको छ भने रु. ८४ अर्ब दावी भुक्तानी गरिसकेको छ।

कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयानुकूल सेवा र सुविधा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। सभामा शेयरधनीहरुले राख्नु भएको सुझावहरुलाई सकारात्मक रूपमा लिइने बताइएको छ।

यस अवसरमा अध्यक्ष श्री संघईज्यूले कम्पनीको उत्थानमा योगदान पुर्याउने सबै शेयरधनी, कर्मचारी, अभिकर्ता, नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज लगायत सम्बन्धित निकायहरुलाई आभार व्यक्त गरेका छन्।

 

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...